0
प्रतिक्रिया
पोखरा। पोखरा-३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
सुवेदीले शान्ति आधारभूत विद्यालय वडा नम्बर ३० कै गौरव भएको भनाइ राखे । शिक्षा क्षेत्रको विकासका लागि वडाका तर्फबाट गरिएको पहलको चर्चा गर्दै उनले शिक्षाको विकास नभई अन्य क्षेत्रको विकास नहुने बताए ।
सो अवसरमा पोखरा-३० निवासी स्व अग्निलाल कायस्थ, स्व विष्णुमाया कायस्थ र स्व रमेश कायस्थको स्मृतिमा छोरीहरू जानकी कायस्थ र सुभद्रा कायस्थद्वारा निर्माण गरिएको प्रवेशद्वारको पनि सुवेदीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नवनिर्मित सरस्वती मन्दिरको अनावरण, सभाहल र ट्रस्ट भवनको समेत उनले उद्घाटन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको दूरदृष्टिको चर्चा गरेका थिए ।
भविष्यमा विद्यालयले यातायातको व्यवस्था गरी विद्यार्थीहरूको सुविधालाई थप गर्ने योजना रहेको बताउँदै कडेलले प्रविधिमैत्री पठनपाठनमा ध्यान दिइँदै आएको सुनाए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, गण्डकी प्रदेश अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेल, वडासदस्य उमा परियार, लेखनाथ सामुदयिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्णा तिवारीलगायतले शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० निवासी विद्यालयका सल्लाहकार दुर्गादत्त अधिकारीले विद्यालयमा ५५ हजार ५५५ रुपियाँको अक्षय कोष स्थापना गरेका थिए ।
त्यस्तै पूर्व अक्षयकोषदाता विन्दुकुमारी भण्डारीले यस अगाडिको रु ५० हजार रुपियाँको अक्षयकोष रकममा रु २० हजार रुपियाँ थप गरी जम्मा ७० हजार रुपियाँको अक्षयकोष निर्माण गरेकी थिइन् ।
त्यसैगरी विद्यालयका पूर्वशिक्षक अमृता तिवारीले १० हजार पाँच रुपियाँको अक्षयकोष स्थापना गरिन् ।
कार्यक्रममा शान्ति आधारभूत आवि सम्मान वर्ष २०८२ बाट विद्यालयका शिक्षक वेदमाया पौडेल र विद्यालयका लेखापाल कृष्ण अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वशिक्षक भगवती सिग्देल, सम्झना बास्तोला गौतम र अमृता तिवारीलाई बिदाइ तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा विन्दुकुमारी भण्डारी अक्षयकोष, टीकाराम बास्तोला अक्षयकोषको पुरस्कार साथै शैक्षिक सत्र २०८१ को शैक्षिक पुरस्कार वितरणसमेत गरिएको थियो ।
कार्यक्रममा छात्रछात्राहरूको हौसलाका लागि कार्यक्रमका अतिथि ऋषिराम जमरकट्टेल, वि व्य स अध्यक्ष गङ्गाराम तिमिल्सिना, जितप्रसाद द्वा, शिक्षक कृष्ण अधिकारी, विष्णु न्यौपाने भट्टराईले नगदसहित विभिन्न विधामा विद्यार्थी सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यार्थी क्रिस्टिना पौडेल र सुजता राईले स्वागत गरेका थिए ।
शिक्षक अभिभावक सङ्घ अध्यक्ष जीवन ढकालले धन्यवाद ज्ञापन गरेका कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भुवानीप्रसाद सुवेदीले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.