0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।
आइतबार सुनको भाउ तोलामा दुई हजार चार सय र चाँदीको दुई सय ९० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ रहेको थियो ।
यता, गत शुक्रबार प्रतितोला छ हजार एक सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार छ हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
Copyright © 2024 | All rights reserved.