0
प्रतिक्रिया
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा क्रमिक बदली देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी हिमाली भूभागमा आंशिक बदली रहेको छ।
तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहे पनि गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा अहिले हल्का हिमपात र वर्षा भइरहेको छ।
आज दिउँसोको समयमा तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने भए तापनि अन्य भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।
रातिको समयमा भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी भेगमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी राति कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Copyright © 2024 | All rights reserved.