0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
नगर प्रमुख धनराज आचार्यको आह्वानमा राजनीतिक दलका जिल्ला र नगर स्तरीय समितिका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा सर्वपक्षीय बैठक सम्पन्न भएको हो ।
बैठकमा पोखरा महानगर क्षेत्रभित्र उत्सर्जन भइरहेको फोहोर मैला व्यवस्थापनमा देखिएको समस्या, यसको तत्कालीन र दीर्घकालीन समाधान लगायत समसामयिक विषयहरूमा छलफल भएको छ ।
नगर प्रमुख आचार्यले पर्यटकीय राजधानी पोखराको फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको अवस्थामा सवैपक्षको सहयोग आवश्यक रहेको बताए ।
सर्वपक्षीय बैठकका सहभागीहरूले यसको समाधानका लागि आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको साझा प्रतिबद्धता जाहेर गरेका छन् ।
सहरको सौन्दर्यीकरण र मानव स्वास्थ्य तथा वातावरणीय स्वच्छतासँग जोडिएको उक्त संवेदनशील विषयमा सहजीकरण गर्न आफूहरू सकारात्मक रहेको उनीहरूको तर्क थियो ।
Copyright © 2024 | All rights reserved.