चैत ०७, २०८२, शनिबार

२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा हुने


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा २० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते हुने भएको छ।

पोखरा रंगशालाबाट सुरु हुने म्याराथन यसपटक नयाँ रुटमा दौडिँदै बाराहीघाट चोकमा पुगेर सकिने आयोजकले बताएका छन्। यस प्रतियोगिताको मुख्य प्रायोजक सुजल डेरी प्रालीको ‘सफल दूध’ रहेको छ।

यस वर्ष म्याराथनको पुरस्कार राशिमा वृद्धि गरिएको छ। पहिलो हुने धावकले ४ लाख रुपैयाँ, दोस्रोले २ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिता ‘स्वास्थ्यका लागि, पोखराका लागि’ भन्ने नाराका साथ भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको हो।

यसपटक म्याराथनमा पहिलो पटक ‘म्याराथन नेपाल’ विधा समावेश गरिएको छ। साथै गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न ‘गण्डकी उत्कृष्ट’ विधा पनि राखिएको छ।

प्रतियोगितामा मुख्य म्याराथनसँगै महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर छात्र–छात्रा दौड, ४५ वर्षमाथिको भेट्रान दौड, ह्विल चियर र दृष्टिविहीन दौडसमेत हुनेछन्।

मुख्य प्रायोजक सुजल डेरीले खेलकुद र स्वास्थ्य प्रवर्द्धनका लागि सहकार्य गरिएको जनाएको छ। पछिल्लो १० वर्षदेखि खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको सफल दूधले यो म्याराथनले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

आयोजकले सम्पूर्ण पोखरेलीलाई फागुन २ गते म्याराथनमा सहभागी हुन आह्वान गरेको छ। स्वदेशी तथा विदेशी धावकको सहभागिता रहने यस प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको पनि जनाइएको छ।

Copyright © 2024 | All rights reserved.