माघ २२, २०८२, बुधबार

सुनचाँदीको भाउ हालसम्मकै उच्च


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली बजारमा सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख नौ हजार रुपैयाँ पुगको छ । 

यसअघि आइतबार प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको सोमबार एकै दिन पाँच हजार दुई सय रुपैयाँ बढेर सोमबार इतिहासकै नयाँ रेकर्ड कायम भएको हो ।

यता, सोमबार असली चाँदीको भाउ पनि भारी वृद्धि भएको छ ।

आइतबार प्रतितोला छ हजार चार सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार तोलामा दुई सय ८५ रुपैयाँ बढेर छ हजार सात सय रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार कायम भएको चाँदीको मूल्य इतिहासकै उच्च हो । 

Copyright © 2024 | All rights reserved.