0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन सय र चाँदीको एक सय पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको यो मूल्य इतिहासकै उच्च हो ।
सुनको मूल्य सोमबार प्रतितोला तीन लाख नौ हजार रुपैयाँ रहेको थियो ।
यता, सोमबार प्रतितोला छ हजार सात सय ६५ रुपैयाँमा रहेको असली चाँदीको भाउ मंगबार बढेर छ हजार आठ सय ७० रुपैयाँ कायम भएको छ ।
चाँदीको यो मूल्य पनि इतिहासकै सर्वाधिक हो ।
Copyright © 2024 | All rights reserved.