0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेस कास्की–१ ले आगामी निर्वाचनको तयारी सुरु गरेको छ।
सोमबार पोखरा-२६, कालिकाचोकमा पार्टीले आफ्नो चुनावी कार्यालय उद्घाटन गरेको छ।
यस अवसरमा कांग्रेसले आफ्नो चुनावी रणनीति र योजना पनि सार्वजनिक गरेको छ।
कास्की क्षेत्र नं १ का उम्मेद्वार तिलकबहादुर रानाभाटको नेतृत्वमा विभिन्न उपसमिति गठन गरिएका छन् ।
घरदैलो अभियान पनि सुरु गरिएको छ। पार्टीले मतदातासँग प्रत्यक्ष भेटेर आफ्नो चुनावी एजेन्डा बुझाउने योजना बनाएको छ।
चुनावी कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले सबै नेता र कार्यकर्तालाई एकजुट भएर उम्मेद्वार रानाभाटलाई जिताउनुपर्नेमा जोड दिए। उनले मतदातालाई कांग्रेसलाई समर्थन गर्न पनि आग्रह गरे।
कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट मुख्य अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा सयौं नेता र कार्यकर्ता सहभागी थिए । पार्टी सचिव ओमप्रकाश गुरुङ र सरोज केसीले कार्यक्रम सञ्चालन गरेका थिए।
Copyright © 2024 | All rights reserved.