माघ २२, २०८२, बुधबार

सुनचाँदीको भाउ भारी वृद्धि


Advertisement Image
clock icon 6 days, 19 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ ।

बुधबार एकै दिन सुनको भाउ तोलाको नौ हजार पाँच सय र चाँदीको चार सय ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला तीन लाख नौ सय तीन सय रुपैयाँ रहेको थियो ।

बुधबार कायम भएको सुनको भाउ इतिहासकै उच्च हो ।

यता, मंगलबार प्रतितोला छ हजार आठ सय ७० रुपैयाँमामा कारोबार भएको असली चाँदीको भाउ बुधबार भारप् वृद्धि भएसँगै सात हजार तीन सय रुपैयाँ पुगेको छ । चाँँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

Copyright © 2024 | All rights reserved.