चैत ०७, २०८२, शनिबार

कास्की कांग्रेसले बनायो सभापति बरालको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेस कास्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयारी अघि बढाएको छ ।

तयारी स्वरूप नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा पाँच हजार एक सदस्य रहेको निर्वाचन परिचालन मूल समिति गठन गरेको छ।

कास्की काङ्ग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा सात सदस्य रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरेको छ।

सचिवालय सदस्यमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहनुभएको छ।

साथै इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ।

समिति सदस्यमा चौबहादुर गुरुङ, बुद्धिमान गुरुङ, सुरेन्द्र अधिकारी र श्याम गुरुङ छन्।

Copyright © 2024 | All rights reserved.