माघ २२, २०८२, बुधबार

न्यू डायमण्डले जित्यो टाइगर कपको उपाधि


Advertisement Image
clock icon 4 days, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

न्यू डायमण्डले पहिलो सेट २५-११ ले सजिलै जित्यो भने दोस्रो सेटमा कडा प्रतिस्पर्धापछि २५-२२ को जित निकाल्यो । तेस्रो सेटमा पनि दबाब कायम राख्दै न्यू डायमण्डले २५-१६ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्‍यो ।

उपाधिसँगै न्यू डायमण्डले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता बनेको नेपाल पुलिस क्लबले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो स्थान हासिल गरेको थाइल्याण्ड क्विन्सले दुई लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार पाएको छ ।

न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यसैगरी सर्भर प्रतिभा माली, लिबिरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट घोषित भए । उनीहरूले जनही ११ हजार ६६६ रुपैयाँ पुरस्कार पाए ।

च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच भइरहेको छ ।

सो खेलबाट फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी थिए ।

Copyright © 2024 | All rights reserved.