0
प्रतिक्रिया
पोखरा । थारू आयोग नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष ०८१/०८२ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको सातौँ वार्षिक प्रतिवेदन सदस्य मोदीले प्रदेश प्रमुख समक्ष भट्टलाई हस्तान्तरण गरिन् ।
उक्त अवसरमा प्रदेश प्रमुख भट्टले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यको पहलकदमी सकारात्मक रहेको बताए ।
आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता पनि व्यक्त गरे ।
भट्टले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गर्दै आयोगले काममा सक्रियता बढाउन आग्रह पनि गरे ।
थारु जनप्रतिनिधि तथा सांसदले आफ्नो हक अधिकारका सवालमा आवाज उठाउनुपर्ने उनको सुझाव थियो ।
आयोगकी सदस्य मोदीले प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश गरिएको उल्लेख गरिन् ।
साथै, उनले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने बताउँदै पर्याप्त बजेट छुट्याउनुपर्ने माग गरे ।
Copyright © 2024 | All rights reserved.