0
प्रतिक्रिया
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी-२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ ।
समूह सीमा रहेको नेपालले आज इङ्गल्याण्डसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि भारतको वाङ्खेडे मैदानमा हुनेछ ।
नेपालले तेस्रो पटक विश्वकप खेलिरहेको हो । नेपाल कठिन समूहमा रहेको भए पनि चामत्कारिक प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । समूह बीमा अष्ट्रेलिया आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् ।
Copyright © 2024 | All rights reserved.