0
प्रतिक्रिया
रामेछाप । रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिक लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ०३-०१-००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान करिब ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म तामाकोशी नदीमा डुबेको बसबाट नौ जनाको शव निकालिएको छ।
उनका अनुसार १० जनाभन्दा बढी घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसभित्र फसेका अन्य यात्रुको खोजी तथा उद्धार प्रयास अझै जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
Copyright © 2024 | All rights reserved.