माघ २९, २०८२, बुधबार

पोखरामा स्कुटर दुर्घटना, चालकको मृत्यु


Advertisement Image
clock icon 16 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा मंगलबार बिहान तीन जना सवार स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १६ अम्विकाथरका १८ बर्षीय नारायण गुरुङ छन् । उनी स्कुटर चालक भएको बताइएको छ ।

सोही दुर्घटनामा घाइते भएका पोखरा-१६ कै चरण गुरुङ र अन्नपूर्ण गाउँपालिका वडा नं ४ सल्यानका विज्ञान केसीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखराको घार्मीबाट लामाचौरतर्फ आउनेक्रममा उनीहरू सवार ग१०प २५२१ नम्वरको स्कुटर लामाचौरस्थित अमलाविसौनीमा अनियन्त्रित भएर रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उनीहरू पोखराको बगरस्थित आदर्श स्कूलमा अध्ययनरत रहेको बताइएको छ ।

Copyright © 2024 | All rights reserved.