0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार र चाँदीको भाउ तीन सय ४० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार सुनको भाउ प्रतितोला तीन लाख छ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यसैगरी बिहीबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर शुक्रबार पाँच हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.