0
प्रतिक्रिया
पोखरा । जनप्रकाश माध्यमिक विद्यालय पोखरा-२९, भण्डारढिकमा विद्यार्थी-अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं २९को आर्थिक सहयोगमा भण्डारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालयको आयोजनामा २ दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ रहेका थिए ।
उनले विद्यार्थी सिकाइमा घर, परिवार र अभिभावक पहिलो शिक्षक बन्ने धारणा राखे ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा आठ र दशका विद्यार्थीका २०० जना अभिभावकहरू तथा विद्यालयका ५१ जना शिक्षक, विद्यालय नर्स र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको औचित्य पुष्टि गर्दै विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले यस्ता खालको तालिमबाट विद्यार्थी तथा अभिभावकको सिकाइ व्यवहार सहजीकरणमा विशेष टेवा पुग्ने विचार राखे ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गोपीराज अधिकारी र दश जोड दुईका इन्चार्ज मनोज पौडेलले दिगो सिकाइ प्रभावकरितामा अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए ।
कार्यक्रमको संयोजक शिक्षक बाबुराम न्यौपानेले गरेका थिए । कार्यक्रम सञ्चालन अङ्ग्रेजी माध्यमका संयोजक शिक्षक सालिकराम सुवेदीले गरेका थिए । कार्यक्रममा रविकिरणले सहजीकरण गरेका थिए ।
Copyright © 2024 | All rights reserved.