फागुन ०९, २०८२, शनिबार

तिलक रानाभाटद्वारा मतदाताको सुझाव र तथ्यांक संकलन तीव्र


Advertisement Image
clock icon 16 hours, 20 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

कास्की। नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का उम्मेद्वार तिलक रानाभाटले मतदाताको सुझाव र तथ्यांक संकलनलाई तीव्र बनाएका छन् ।

उनले क्षेत्र नम्बर १ को समग्र विकासका लागि कस्ता योजना अघि बढाउने र विजयी भएपछि संसदमा के–के विषय उठाउने भन्नेबारे मतदातासँगै बसेर कार्ययोजना तयार पारिरहेका हुन् ।

घरदैलोका क्रममा रानाभाटले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै विकास निर्माणमा बाधक बनेका कानुनलाई संविधान संशोधनमार्फत हटाउने प्रतिबद्धता जनाए ।

‘पहिलो चरणको सचिवालय उद्घाटन र मतदाता भेटघाट सकिएको छ, अब प्रारम्भिक रिपोर्टका आधारमा तथ्यांकमा आधारित विकास योजना अघि बढाउँछौँ’, उनले भने ।

यसैबीच, निर्वाचन प्रचारप्रसारलाई अझ व्यापक बनाउन कांग्रेसले आफ्ना भातृ संगठनहरुलाई परिचालन गरेको छ ।

चुनाव परिचालन समितिका संयोजक एवं क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेका अनुसार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ लगायतका संगठनलाई सक्रिय बनाएर प्रत्येक मतदाताको दैलोमा पुग्ने लक्ष्य राखिएको छ ।

Copyright © 2024 | All rights reserved.