0
प्रतिक्रिया
पोखरा। विश्व बैङ्कको सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित तालचोक बेगनास सडक स्तरोन्नति, शिुशुवा शिसाघाट सडक स्तरोन्नति र दोबिल्ला–बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे–तगारेगौडा–तल्लोगगनगौडाँ सडक स्तरोन्नति परियोजनाको स्थलगत अनुगमन पश्चात् विश्व बैङ्क र पिसिओको टोलीले छलफल गरेको छ ।
तीन वटै परियोजनाहरूको स्थलगत अनुगमन पश्चात् आयोजनाको प्रगति, निर्माणको अवस्था र स्थानीय समस्याहरू समाधानका विषयमा छलफल भएको हो ।
अनुगमनका क्रममा तालचोक बेगनास सडक स्तरोन्नति कार्यको अधिकांश कार्य अन्तिम चरणमा पुगेको पाइएको छ भने, शिशुवा शिसाघाट सडक खण्ड अन्तरगत खुदीखोलासम्म सडक निर्माणको कार्य सम्पन्न भइसकेको छ ।
दोबिल्ला–बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे–तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नति कार्यको प्रगति सन्तोषजनक रहेको पाइएको छ ।
सो क्रममा नगर प्रमुख धनराज आचार्यले तीन वटै परियोजनाहरूलाई यथाशक्य छिटो सम्पन्न गर्नका लागि स्थानीय समस्याहरूको समाधान गर्दै निर्माण कार्यमा आवश्यक सहजीकरण गरिएको बताउनुभयो ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका उपनिर्देशक सविन कर्माचार्य, विश्व बैङ्कको प्रतिनिधिका रूपमा रेखा श्रीस, अमेन राज, वसन्त पौडेल, पिसिओ विनोद पन्त, पिएमएसटी, टिएल, डिएससी, परियोजनाको फोकल पर्सन इन्जिनियर नवीन गौतम, इ.नेत्र तिमिल्सीना लगायतको सहभागिता रहेको थियो ।
Copyright © 2024 | All rights reserved.