0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ।
आइतबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार दुई सय र चाँदीको एक सय ७० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ गत शुक्रबारको तुलनामा आइतबार तोलामा पाँच हजार छ सय रुपैयाँ बढेको थियो ।
यस्तै, सोमबार चाँदी मूल्य बढेर प्रतितोला पाँच हजार पाँच सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार चार सय २५ रुपैयाँमा कारोवार भएको थियो।
Copyright © 2024 | All rights reserved.