फागुन २१, २०८२, बिहीबार

मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्छौँ : भण्डारी


Advertisement Image
clock icon 3 hours, 19 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

भण्डारी बिहीबार बिहान काठमाडौँ महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरेका हुन् ।

मतदानपछि उनले सबैले आआफ्नो तहबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गरे ।

‘उत्साहपूर्वक र शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान प्रक्रियामा सबैले आआफ्नो तह र तप्काबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु’, उनले भने ।

उनले सर्वसाधरणले एकदेखि दुई मिनेटमा मतदान गर्न सक्ने पनि बताए ।

साथै, उनले मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतगणना गरेर परिणाम सार्वजानिक गर्ने पनि बताए ।

‘मतपेटिका संकलन भएपछि २४ घण्टाभित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्छौँ । हिमाली क्षेत्रमा पनि मतदान भइरहेको छ, पाँच बजेसम्म मतदान सकिन्छ,’ उनले भने ।

Copyright © 2024 | All rights reserved.