0
प्रतिक्रिया
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का उम्मेद्वार मनोज गुरुङले मतदान गरेका छन्।
उनले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित बाँकोट आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनी सादगी र इमान्दार व्यक्तित्वका रुपमा परिचित छन् । गुरूङ कांग्रेस कास्की-३ का क्षेत्रीय सभापतिसमेत हुन् ।
कास्की-३ मा ३१ ओटा वडा र एक लाख सात हजार बढी मतदाता छन् ।
Copyright © 2024 | All rights reserved.