0
प्रतिक्रिया
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा हालसम्म एक करोड दुई लाख ९० हजार ५४६ मत गणना भएको छ।
निर्वाचन आयोगका अनुसार बिहान ७:२७ बजेसम्मको अद्यावधिक विवरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै मतसहित अग्रस्थानमा देखिएको छ। रास्वपाले ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९८३ मत ल्याएको छ भने नेकपा (एमाले)ले १३ लाख ८९ हजार ८२० मत प्राप्त गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ९४६ मत पाएको छ।
यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४७२ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी नेपालले एक लाख ६९ हजार ४१६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६५ हजार ३२ तथा जनमत पार्टीले ७५ हजार ४७१ मत प्राप्त गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड पार गरिसकेका छन्।
उता प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दा नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्।
Copyright © 2024 | All rights reserved.