चैत ०२, २०८२, सोमबार

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस


Advertisement Image
clock icon 2 hours, 28 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एक जना सदस्यका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको छ ।

सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो ।

योसँगै अर्याललाई अब बन्ने सरकारमा मन्त्री बन्ने बाटोसमेत खुलेको छ ।

मन्त्री अर्यालले जेन-जी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषद्मा लैजाने निर्णय भएकोसमेत बताए ।

उनले आइतबार भएका निर्णयको विस्तृत जानकारी सोमबार दिनेसमेत बताए ।

Copyright © 2024 | All rights reserved.