चैत ०५, २०८२, बिहीबार

समानुपातिकतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण


Advertisement Image
clock icon 3 hours, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ । 

आयोगले बिहीबार एक कार्यक्रमका बीच समानुपातिकतर्फका एक सय १० जना सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।

सांसदहरूलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ छ ओटा राजनितिक दलले सिट प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले नौ, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार/चार सिट जितेका थिए । 

प्रत्यक्षतर्फ निर्वाचित भएका एक सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो ।

Copyright © 2024 | All rights reserved.