चैत ०५, २०८२, बिहीबार

सवारी दुर्घटनामा दम्पतीको मृत्यु


Advertisement Image
clock icon 2 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

कैलाली। कैलारी गाउँपालिका-५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया पत्नी सेतानु चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार ना६ख ७७८ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा गोरुगाडामा सवार दम्पती गम्भीर घाइते भएका थिए ।

घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरुगाडा तान्ने दुवै गोरुको समेत मृत्यु भएको छ ।

प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2024 | All rights reserved.