0
प्रतिक्रिया
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक बस्न लागेको यो बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
बैठकको मुख्य एजेन्डा निर्वाचनको विस्तृत समीक्षा र आगामी राजनीतिक रणनीतिको तयारी रहेको जनाइएको छ।
यद्यपि, बैठक बस्नुअघि नै पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएपछि कांग्रेसभित्र नयाँ तरङ्ग पैदा भएको छ।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए।
निर्वाचनको परिणाम र पार्टीको अवस्थालाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएको चर्चा चलिरहेका बेला आजको बैठकमा यसबारे गम्भीर छलफल हुने बताइएको छ।
उपसभापति शर्माले सभापति थापाको राजीनामा स्वीकृत नहुने र उनकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने आशय व्यक्त गरिसकेका छन्।
Copyright © 2024 | All rights reserved.