0
प्रतिक्रिया
पोखरा। नेकपा एमाले वडा कमिटी पोखरा महानगरपालिका वडा नं ५ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमा उद्घाटन गर्दै एमालेका महानगर कमिटी इन्चार्ज दिलिपविक्रम शाहीले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय कार्य भएको बताए।
उनले रक्तदानले बिरामी र दुर्घटनामा परेका व्यक्तिहरूलाई नयाँ जीवन दिन सक्ने भएकाले स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए।
अस्पतालहरूमा आपतकालीन अवस्थामा रगतको अभाव हुने समस्या अझै पनि देखिने गरेको भन्दै उनले यस्तो अवस्थामा युवाहरू, सामाजिक संघ–संस्था तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री, पूर्व संघीय सांसद दामोदर बैरागी, रेडक्रस जिल्ला उपाध्यक्ष रमा कोइराला, नेता उज्जवल खत्री, हरि सुनार, वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा सदस्य गोविन्द पराजुली, कल्पना भुवाजी, पूर्ववडाध्यक्ष धनबहादुर नेपाली, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा सरोज कोइरालालगायत सहभागी थिए ।
एमाले वडा कमिटी पोखरा-५ का अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव वसन्त गौतमले गरेका थिए ।
कार्यक्रममा पोखरा-५ निवासी मनोज सिकेको दाहसंस्कारका लागि पाटीको पहलमा संकलित रुपैयाँ १३ हजार परिवारका सदस्यलाई सहयोग गरिएको छ ।
Copyright © 2024 | All rights reserved.