0
प्रतिक्रिया
पोखरा । पर्वतमा सोमबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। मृत्यु हुनेमा ३५ वर्षीय सज्जन परियार छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार फलेवास नगरपालिका-४ मुडिकुवास्थित कालीगण्डकी लोकमार्ग अन्तर्गत कुश्मा-फलेवास सडकखण्डमा ग१ज ८०२९ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गरेको जीप सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलले बताए।
जीपमा चालक परियार एक्लै सवार थिए।
दुर्घटनालगत्तै खटिएको सुरक्षाकर्मीको टोलीले उनको उद्धार गरी प्रदेश अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण उकालो बाटो चिप्लो भएकाले जीप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बलका उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।
Copyright © 2024 | All rights reserved.