चैत १०, २०८२, मंगलबार

पोखरा-५ मा मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको समिति गठन, संयोजकमा बराल


Advertisement Image
clock icon 3 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । महिला तथा बालबालिकाको सवालमा काम गर्दै आइरहेको संस्था बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्की (सीडब्लूइएस) को आयोजना, गुड सेपर्ड इन्टरनेशनल फाउण्डेशनको आर्थिक तथा प्रावििधक सहयोग र वडा कार्यालय पोखरा-५ को समन्वयमा समिति गठन गरिएको छ ।

सोमबार आयोजित एक भेलाले वडाध्यक्ष विष्णुप्रसाद बरालको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा तीलमाया सुवेदी भण्डारी, तारा बराल, गोमा सोती, दिपाली भट्टराई, हरि पन्त, सुशीला बराल, भुवन कुमारी पोखरेल, हरिश्चन्द्र अधिकारी, सीता शर्मा, कल्पना क्षेत्री, धना पण्डित, जानुका थापा, आशमाया विक र प्रहरी निरीक्षक मुकुन्द सिग्देल छन् । 
कार्यक्रमको संचालन आस्था परियोजनाको कार्यक्रम सयोजक इन्दिरा पराजुलीले गरेकी थिइन्।

मानव बेचबिखनमा परेका व्यक्ति वा जोखिममा रहेका परिवारको पहिचान गरी उनीहरूको आवश्यकताअनुसार समितिको सिफारिसअनुसार निःशुल्क सिपमूलक तालिम तथा सहयोग उपलब्ध गराउने उद्देश्य आस्था परियोजनाको रहेको संयोजक पराजुलीले जानकारी गराइन्। 

विसं २०५५ सालमा महिलाहरूको नेतृत्वमा स्थापना भएको यस गैरसरकारी संस्थाले शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारमा महिलाको पहुँच सुनिश्चित गर्दै सशक्तिकरण गर्ने उद्देश्य लिएको छ।

संस्थाले ‘आस्था परियोजना’ मार्फत मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि विभिन्न निकायमा समन्वय र सहकार्य गर्दै सचेतिकरण तथा पुनर्स्थापनाका लागि सकृय  भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।

‘आस्था परियोजना’ अन्तर्गत पोखरा महानगरपालिकाका ३३ ओटै वडामा स्थानीय समिति गठन गरिनेछ । ती समितिहरू मार्फत वडा, जिल्ला तथा महानगरस्तरमा समन्वय गरी विभिन्न सचेतनामूलक तथा नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गरिने छ। 

यसले पीडितलाई आत्मनिर्भर बनाउँदै जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको संस्थाले जनाएको छ।

संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्दै सञ्जाल विस्तार र क्षमता अभिवृद्धिमा समेत जोड दिँदै आएको छ। 

मानव बेचबिखन जस्तो गम्भीर सामाजिक अपराध नियन्त्रणका लागि स्थानीय तहसम्म प्रभावकारी पहल गरिएको भन्दै यस परियोजनालाई महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

Copyright © 2024 | All rights reserved.