चैत १०, २०८२, मंगलबार

ज्वाइँको हत्या गरी भागेका ससुरा पक्राउ


Advertisement Image
clock icon 2 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

रामेछाप। रामेछापको दोम्बा शैलुङ गाउँपालिका–४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका ६० वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घटना सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँडिरहेको बेला भएको थियो। उक्त समयमा वीरबहादुरले उनलाई प्रहार गर्दा प्रेमबहादुरको मृत्यु भएको बताइएको छ।

घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब ७ः३० बजे सोही वडाको खारपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नभएको प्रहरीको भनाइ छ। डीएसपी भट्टले भने, “ससुरालीमा दाजुभाइबीच सामान्य पारिवारिक विवाद रहेको थियो। को घरमा जाने, को घरमा नजाने भन्ने विषयमा झगडा हुँदा ससुराले सामान्य तरिकाले हातैले प्रहार गर्दा ज्वाइँको ज्यान गएको देखिन्छ।”

प्रहरीका अनुसार यस घटनामा ज्यान मार्ने स्पष्ट नियत नदेखिएको भए पनि प्रेमबहादुरको मृत्यु भइसकेको छ। पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Copyright © 2024 | All rights reserved.