0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँ र चाँदीको चार सय १५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला केही दिन निरन्तर घट्दै आएको सुनको भाउ बुधबार ह्वात्तै बढेको हो ।
मंगलबार प्रति १० ग्राम दुई लाख ३४ हजार ८२५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर दुइ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ ।
यता, मंगलबार प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार बढेर चार हजार ९२० रुपैयाँ पुगेको छ । चाँदी प्रति १० ग्राम चार हजार २१८ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।
Copyright © 2024 | All rights reserved.