चैत १२, २०८२, बिहीबार

घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 hours, 34 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा दुई हजार नौ सय र चाँदीको सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ रहेको थियो।

यता, बुधबार प्रतितोला चार हजार नौ सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार आठ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।

Copyright © 2024 | All rights reserved.