चैत १२, २०८२, बिहीबार

नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण


Advertisement Image
clock icon 1 hour, 47 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित संसद् भवनमा आयोजित कार्यक्रममा सबै नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन् ।

जसमा  ४७  जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।

शपथ ग्रहणका लागि सांसदहरू विभिन्न जातीय तथा सांस्कृतिक भेषभूषामा संसद् भवन पुगेका थिए, जसले समारोहलाई थप आकर्षक बनाएको थियो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार प्रतिनिधिसभाका सदस्यले सभाको वा त्यसअन्तर्गतका कुनै समितिको बैठकमा सहभागी हुनुअघि अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने कानूनी व्यवस्था छ।

शपथ ग्रहणसँगै नवनिर्वाचित सांसदहरू अब औपचारिक रूपमा संसदीय गतिविधिमा सहभागी हुन योग्य भएका छन्।

Copyright © 2024 | All rights reserved.