चैत १३, २०८२, शुक्रबार

बालेन प्रधानमन्त्रीमा नियुक्त


Advertisement Image
clock icon 3 hours, 21 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह बालेन नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्।

 राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान साहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। योसँगै साह नेपालको इतिहासमा सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका छन्।

 नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठनको प्रक्रियाअन्तर्गत साह प्रधानमन्त्री नियुक्त भएका हुन्।

नियुक्तिसँगै साहले आजै शुभ साइत पारेर शपथ लिने तयारी गरेका छन्।

शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनको शपथग्रहण कार्यक्रम तय गरिएको छ।

शपथग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ।

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने तयारी छ।

Copyright © 2024 | All rights reserved.