चैत १३, २०८२, शुक्रबार

घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 hour, 56 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा चार हजार छ सय र चाँदीको एक सय ६० रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँ रहेको थियो ।

यता बिहीबार प्र्रतितोला चार हजार आठ सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार छ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।

Copyright © 2024 | All rights reserved.