0
प्रतिक्रिया
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनको मन्त्रीमण्डल आजै विस्तार हुने भएको छ । उनको मन्त्रीमण्डल १५ सदस्यीय हुने भएको छ ।
बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।
त्यसअघि नेता साहलाई बिहान प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन भइरहेको हो ।
रास्वपाको सरकारमा यस्तो हुनेछ १५ सदस्यीय मन्त्रीमण्डलः
१. बालेन शाह - प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले - अर्थमन्त्री
३. शिशिर खनाल - परराष्ट्रमन्त्री
४. सुदन गुरुङ - गृहमन्त्री
५. प्रतिभा रावल - सामान्य प्रशासन मन्त्री
६. गनेश पौडेल - पर्यटन मन्त्री
७. अमरेश सिंह - उद्योग मन्त्री
८. सुनिल लम्साल - भौतिक पूर्वाधार मन्त्री
९. गीता चौधरी - कृषिमन्त्री
१०. सस्मित पोखरेल- शिक्षा मन्त्री
११. निशा मेहता - स्वास्थ्य मन्त्री
१२. सीता वादी - महिला बालबालिका मन्त्री
१३. सोबिता गौतम- कानून मन्त्री
१४. विराजभक्त श्रेष्ठ - ऊर्जा मन्त्री
१५. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री
Copyright © 2024 | All rights reserved.