चैत १४, २०८२, शनिबार

दाउन्नेमा दुर्घटना: तीनको मृत्यु, १५ घाइते


Advertisement Image
clock icon 2 hours, 18 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ।

रोल्पाका २५ वर्षीय गोविन बुढाको पहिचान खुलेको छ भने अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डीएसपी पन्तले बताए।

मृतक तीनै जना पुरुष रहेका छन्।

गएराति करिब १ बजे बर्दघाट नगरपालिका-४ घ्यूखोलामा तीन ओटा सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

बुटवलतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट गइरहेको लु२ख २३५१ नम्बरको बसले अगाडि जाँदै गरेको ना५ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएका थिए।

ठक्करपछि बस र ट्रक करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Copyright © 2024 | All rights reserved.