चैत १५, २०८२, आइतबार

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ


Advertisement Image
clock icon 2 hours, 44 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले जानकारी दिएका छन्।

भदौ २४ गते खड्काको निवासमा भएको आगजनी घटनापछि नेपाली रुपैयाँसँगै विभिन्न विदेशी मुद्राहरू फेला परेको स्रोतले जनाएको छ। साथै उनीमाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोपसमेत लागेको छ।

यसैबीच, बालेन्द्र शाह नेतृत्वको सरकारले गठनलगत्तै मन्त्रिपरिषद्बाट धमाधम निर्णयहरू गर्दै प्रशासनिक सक्रियता बढाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका प्राथमिकतामा सुशासन, पारदर्शिता, सेवा प्रवाह सुधार र विकास निर्माणलाई तीव्रता दिने विषय रहेका छन्। सरकारी निकायहरूलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिइएको बताइएको छ।

यता, केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशको राजनीतिक वातावरण थप तातिएको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ।

ओली पक्राउको विरोधमा नेकपा एमालेले देशव्यापी आन्दोलन घोषणा गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अघि बढाएको छ। उता लेखक पक्राउप्रति नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।

Copyright © 2024 | All rights reserved.