चैत १५, २०८२, आइतबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 hours, 38 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य एकै दिन पाँच हजार रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता गत शुक्रबार प्रतितोला चार हजार छ सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य आइतबार तोलामा ५० रुपैयाँ बढेर चार हजार सात सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।

Copyright © 2024 | All rights reserved.