चैत १६, २०८२, सोमबार

उद्योग वाणिज्य महासङ्घ गण्डकीको अध्यक्षमा भिड्दै कंडेल र सुवेदी


Advertisement Image
clock icon 3 hours, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका नरेश कँडेल र स्याङ्जाका नवराज सुवेदी भिड्ने भएका छन् ।

महासङ्घको चौथो महाधिवेशनबाट नयाँ नेतृत्वका लागि कंडेल र सुवेदी भिड्न लागेका हुन्। कँडेल बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष हुन् भने सुवेदी महासंघका हालका कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुन्।

उपाध्यक्ष पदमा भने निर्विरोध भएको छ। एसोसिएटतर्फ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सूर्यबहादुर भुजेल र वस्तुगततर्फ हरिकुमार श्रेष्ठकोमात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।

जिल्ला÷नगर उपाध्यक्षमा लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र लमजुङका मृगेन्द्र घिमिरेले उम्मेद्वारी दिएका छन्। कोषाध्यक्ष पदमा लेखनाथ उद्योग वाणिज्य सङ्घका राजेन्द्र ओझा र गोपी अधिकारीले उम्मेद्वारी दिएका छन्।

महासङ्घ गण्डकी प्रदेशमा जिल्ला÷नगरतर्फ २३, एसोसिएटतर्फ ५५ र बस्तुगततर्फ छ जना सदस्य छन्।

एसोसिएट सदस्यमा रामचन्द्र रेग्मी र काशी गुरुङ, जिल्ला÷नगर सदस्यमा विमलप्रसाद रिमाल, ढालेन्द्र छन्त्याल, रामकुमार श्रेष्ठ, दीपकप्रसाद सापकोटा, ठाकुरबी पौडेल, हस्तबहादुर खड्का र वस्तुगत सदस्यमा हीरामणि पण्डित र चन्द्रकिशोर गौतमले उम्मेद्वारी दिएका छन्।

Copyright © 2024 | All rights reserved.