0
प्रतिक्रिया
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको जनमत सरकार चलाउनमात्र नभई व्यवस्था र कार्यशैली परिवर्तन गर्नका लागि भएको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको प्रतिविम्ब भएको बताए।
जनमतको भावनाअनुसार जिम्मेवार भएर अघि बढ्ने र जनताले परिवर्तनका लागि पार्टी रोजेको भएकाले उक्त मतादेशको कदर गर्दै गुण तिर्ने प्रतिज्ञा उनले गरे।
लामिछानेले अब बोल्नुभन्दा काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको बताए।
उनले भने, “हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो। जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो र हामीले त्यो बदल्न शुरू गरिसकेका छौँ।”
उनले रास्वपाका हरेक सांसदले आफ्नो कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्नेमा जोड दिँदै सरकारका कामहरूले जनताका पक्षमा बोल्ने विश्वास व्यक्त गरे।
सुशासनको सवालमा कुनै सम्झौता नगर्ने र जनताको भरोसा कायम राख्ने प्रतिबद्धता पनि उनले जनाए।
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति संकेत गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताए ।
लामिछानेले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’
Copyright © 2024 | All rights reserved.