चैत २१, २०८२, शनिबार

त्रिभुवन शान्ति माविमा दुई लाखको छात्रबृत्ति अक्षयकोष स्थापना


Advertisement Image
clock icon 2 hours, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। समाजसेवी एवं ट्रेड युनियन कांग्रेस कास्कीका पूर्व अध्यक्ष विजयराज भण्डारीले आफ्नो ६८औं जन्मदिनका अवसरमा पोखरा महानगरपालिका वडा नं ३० स्थित त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा दुई लाख रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

समाजमा केही योगदान गरौं भन्ने भावनाका साथ विजयसीता छात्रबृत्ति अक्षयकोषका नाममा राखिएको अक्षयकोषको ब्याज मध्ये वार्षिक रुपमा ५० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने र ५० प्रतिशत मूल कोषमा नै जम्मा गरिने भण्डारीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाका क्षेत्रमा गरिने लगानी नाफा नभै राष्ट्रप्रतिको योगदान भएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र रेग्मीले यस्ता सहयोगले विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

समाजसेवी भण्डारी हाल ट्रेड युनियन कांग्रेस केन्द्रीय प्रचाप्रसार समितिको सदस्यसँगै जनप्रकाश बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्षको जिम्मेवारीमा रहृका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमत लामिछाने, पोखरा–३० का पूर्व वडाध्यक्ष श्रीराम पोखरेल, पत्रकार वासुदेव पौडेल, नेपाली कांग्रेस पोखरा-३० का सभापति ध्रुबराज न्यौपाने, नेपाल शिक्षक संघ रुपाका अध्यक्ष चन्द्रमणि पौडेल, ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष मणिराज कंडेललगायतले भण्डारीले गरेको सहयोग अरुका लागि पनि अनुुकरणीय हुने बताए । उक्त अवसरमा अक्षयकोषदातालाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.