चैत २१, २०८२, शनिबार

बिरुवा मार्ग टोल विकास संस्थाको अध्यक्षमा शर्मा


Advertisement Image
clock icon 2 hours, 19 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित बिरुवा मार्ग टोल विकास संस्थाको सातौ साधारण सभा तथा चौथो अधिवेशनले हरिश्चन्द्र शर्माको अध्यक्षतामा आगामि २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा इश्वर के.सी., सचिवमा चन्द्र प्रसाद पौडेल, कोषाध्यक्षमा शोभा श्रेष्ठ, सहसचिवमा सरस्वती उपाध्याय र सदस्यहरुमा डुल्माया ढकाल, कमल लम्साल, हुमाकान्त भण्डारी, दिनेश पाण्डेय, सविता पंगेनी ढुंगाना र अनिता रेग्मी (अर्याल) सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष शालिकराम भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले निकै मेहनत र सबैको सहयोगमा आफ्नै भवन बनाउन सफल भएको, उज्यालो टोल र सबै सडक पिच बनाउने अभियानमा सफलता हासिल गरेको वताउँदै अब कुकुर पालक सदस्यहरुसंग छलफल र अन्तरक्रिया गरेर समाधान निकाल्नु पर्ने वताए ।

कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै टोल विकास संस्थाहरु वडा कार्यालयका सहयोगी संस्था भएको बताउँदै टोलमा गर्नुपर्ने विकास निर्माण, आय आर्जनका कुरा समेटेर योजना बनाउँदा पेश गर्न सुझाव दिएकी थिइन् ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कृष्ण रानाभाटले टोलविकास संस्थाका सदस्यहरुले पहिले आफ्ले आफूलाई नै हेर्नु पर्ने बताउँदै घरघरमा फोहरको वर्गिकरण गरेर महानगरपालिकाको फोहरमैला व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।  

कार्यक्रममा संस्थापक अध्यक्ष खम बहादुर केसीले बाटोहरु साँघुरो भएको कारण स्कुल बस संचालन हुने समयमा पैदल हिड्न असहज भएको, कुकुरलाई दिसापिसाव गराउन वाटोमा ल्याउने लगाएतका समस्या समाधानमा सबैले चासो लिनुपर्ने बताए ।

सो अवसरमा जेष्ठ नागरिक मञ्च पोखरा-१७ अध्यक्ष टोपराज ढुँगाना, तल्लो बिरौटा टोल विकास संस्थाका अध्यक्ष चेतनाथ चालिसे, बिरुवा आमा समूहकी अध्यक्ष हरिकला भण्डारीलगायतले आआफ्ना धारणा राखेका थिए ।

सभामा अध्यक्ष शालिकराम भण्डारीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरस्वती उपाध्यायले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

त्यसैगरी संस्थाद्धारा निर्मित बहुउध्येश्यीय भवनको लागि आर्थिक सहयोग गर्ने तथा अन्य सहयोगदाताहरु नारायण प्रसाद अधिकारी, शंकर शर्मा भट्टराई, खमबहादुर केसी, ध्रुब ढुंगाना, बलभद्र भट्टराई, गीता केसी क्षेत्रीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष शालिकराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण जि.सीले स्वागत र संचालन सचिव चन्द्र प्रकाश पौडेलले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.