चैत २२, २०८२, आइतबार

आजको राशिफल


Advertisement Image
clock icon 9 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८२ चैत २२ गते आइतबार, इस्वीसंवत अप्रिल ५ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको तृतीया तिथि बिहानमा १०ः३५ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा विशाखा रातिमा १०ः५५ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान १९ घटि ४९ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३१ घटि १६ पला अर्थात १२ घण्टा ३२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः५१ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ९ः३३ बजे र अस्ताउने समय भोलि बिहानमा ७ः२० बजे रहेको छ। आज स्वामी शशीधर जन्मजयन्ती रहेको छ।

आजको राशिफल

मेषः आज समय मध्यम खालको छ । तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन। आफ्ना कमीकमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ । आज पश्चिम दिशाको यात्रा शुभ छैन । खानपानमा पनि निकै ध्यान दिन आवश्यक छ।

वृषः आज समय खराब रहनेछ । मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो–छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ । टाढाको यात्रामा आज सकभर नजानुहोला, सवारी हाँक्दा पनि विचार पुर्याउनुहोला ।

मिथुनः आज समय खराब छ । नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन। व्यापार व्यवसाय पेशामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ । आकस्मिक चोर अथवा बदमास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि छ, त्यसैले एक्लै यात्रामा जानु ठीक छैन। आज आफ्नो नित्य काम मात्र गर्नुहोला। धार्मिक कार्यमा दिन व्यतित गर्दा राम्रो होला ।

कर्कटः आज समय राम्रो छ । घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आउन सक्नेछ । तपाइँ मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन सक्ने अवस्था रहेको छ, समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ । आत्मीय मित्रसँग भेटघाटको योग पनि रहेको छ । समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ । आत्मीय मित्रसँग भेटघाटको योग पनि रहेको छ ।

सिंहः आज पनि स्वास्थ्य ठीकठाक रहनेछ । समय पनि शुभ छ । मानसिक प्रशन्नता मिल्ने कार्यमा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, नयाँ कामको थालनी गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन्। आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् । पश्चिम दिशाको यात्रामा भने सतर्क हुनुपर्नेछ । यात्राको क्रममा आफ्ना सामानको सुरक्षामा ध्यान दिनुहोला ।

कन्याः आज समय भरपर्दो रहनेछैन । आफन्त व्यक्तिले काम बिगारिदिन सिक्नेछन् । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ । आज टाढाको यात्रामा पनि नजाँदा राम्रो हुनेछ । नयाँ कामको थालनी गर्नु पनि ठीक छैन ।

तुलाः आज समय शुभ छैन । यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ। कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको सम्भावना छ। समय खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आफन्तसँग तनाव बढ्ने योग देखिन्छ । त्यसैले आज आफन्तसँग भेटघाट सकभर नगर्नुहोला ।

वृश्चिक: आज समय राम्रो रहनेछ । व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टितेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । बोली वचनले नयाँ-नयाँ मित्र बढ्दै जानेछन् । जे काम गर्नुछ सुखैका साथ सम्पन्न हुनेछन् । तर पश्चिम दिशाको यात्रामा जानु ठीक छैन । आर्थिक कारोबार पनि नगर्नुहोला ।

धनुः आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पश्चिम दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। आज आफन्तसँग घुमघाम र कारोबार नगर्नुहोला ।

मकरः आज समय शुभ छ । भाग्यस्थानको चन्द्रमाका कारण मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ आज राम्रो दिन रहको छ । मातापिताको आशिर्वाद लिएर वैदेशिक यात्रा गर्दा निकै राम्रो हुनेछ ।

कुम्भः आज समय शुभ छैन । स्वास्थ्यमा समस्या आउनेछ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीनसम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला। आज दाजुभाइबाट पनि घात हुन सक्ने भएकाले सतर्क हुनुहोला ।

मीनः आज समय राम्रो छ । नवीन कार्यको विचार विमर्श आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । पूर्व दिशाको यात्रामा लाभ हासिल हुनेछ । नयाँ व्यवसाय थालनी आज गर्दा शुभ छ । सवारी साधन किन्दै हुनुहुन्छ भने आज दिनमा २ बजे अघि नै किन्नुहोला ।

साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः५२ बजेदेखि ७ः२६ बजेसम्म उद्धेग बेला
बिहान ७ः२६ बजेदेखि ८ः५९ बजेसम्म चर बेला
बिहान ८ः५९ बजेदेखि १०ः३३ बजेसम्म लाभ बेला
बिहान १०ः३३ बजेदेखि १२ः०७ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०७ बजेदेखि १ः४० बजेसम्म काल बेला
दिनमा १ः४० बजेदेखि ३ः१४ बजेसम्म शुभ बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४८ बजेसम्म रोग बेला
दिनमा ४ः४८ बजेदेखि ६ः२२ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२२ बजेदेखि ७ः४८ बजेसम्म चर बेला
साँझ ७ः४८ बजेदेखि ९ः१४ बजेसम्म लाभ बेला
राति ९ः१४ बजेदेखि १०ः४० बजेसम्म अमृत बेला
राति १०ः४० बजेदेखि १२ः०६ बजेसम्म काल बेला
राति १२ः०६ बजेदेखि १ः३२ बजेसम्म शुभ बेला
राति १ः३२ बजेदेखि २ः५९ बजेसम्म रोग बेला
रातिमा २ः५९ बजेदेखि ४ः२५ बजेसम्म उद्धेग बेला
रातिमा ४ः२५ बजेदेखि ०५ः५१ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.