0
प्रतिक्रिया
पोखरा। आज देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र चट्याङ्गको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा बाँकी तराईका एक/दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Copyright © 2024 | All rights reserved.