0
प्रतिक्रिया
पोखरा। नेपाली लेखक संघ कास्कीको अध्यक्षमा कमल पौडेल अथक निर्वाचित भएका छन् ।
संघको छैटौं अधिवेशनले पत्रकारितामा समेत क्रियाशील पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अथक यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए ।
संघको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल छन् ।
संघका सल्लाहकार लक्ष्मण थापा संयोजक, हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
समितिका बाँकी सदस्य तथा सल्लाहकार भने नयाँ कार्यसमिति बैठकले चयन गर्ने अध्यक्ष अथकले जानकारी दिए।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल, अमृत क्षेत्री र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान समितिले बैठक पुस्तिका हस्तान्तरण गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै संघका सल्लाहकार प्रा डा लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता सहित लोकतन्त्रवादी लेखक साहित्यकारको जमघट हुने थलो लेखक संघ भएको बताए ।
उनले देशको कठिन मोडमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष अर्थ राख्ने धारणा व्यक्त गरे ।
संघका अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने प्राञ्जलले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.