चैत २६, २०८२, बिहीबार

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित


Advertisement Image
clock icon 4 days, 3 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) आइतबार निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेद्वारी दर्ता भएको थियो।

यसले प्रतिनिधिसभामा ठूलो सहमति र राजनीतिक स्थिरताको संकेत दिएको छ।

संसदमा अर्यालको निर्विरोध चयनले नयाँ सरकारको कार्य सुचारु गर्न आवश्यक सहयोग र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

अर्याल अब प्रतिनिधिसभाको बैठक सञ्चालन, विधायिका र कार्यपालिका बीचको समन्वय, र संसदिय कार्यवाहीलाइ प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।

सभामुख पदमा विवादहीन चयन संसदिय स्थायित्व र नयाँ राजनीतिक नेतृत्वबीच सहमतिको संकेत हो। तर, यसको प्रभाव दीर्घकालीन स्थिरतामा कस्तो रहन्छ भन्ने विषय आगामी विधायिका गतिविधिले निर्धारण गर्नेछ।

अर्यालले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

Copyright © 2024 | All rights reserved.