चैत २३, २०८२, सोमबार

कस्तो रहला आजको मौसम ?


Advertisement Image
clock icon 2 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा परिवर्तन देखिएको छ।

विशेषगरी सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरूमा साथै लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

विशेषगरी पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तर, तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Copyright © 2024 | All rights reserved.