चैत २३, २०८२, सोमबार

प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत


Advertisement Image
clock icon 2 hours, 13 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएको छ ।

सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो ।
 
बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए ।

त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराएका थिए । 
 
बैठकले नेपाली कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही चैत २४ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

Copyright © 2024 | All rights reserved.